|
ताप्लेजुङ्ग (फुङलिङ्ग बजार):
ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्ग लिम्बु भाषामा
"फूलैफूलको ठाउँ" भन्ने बुझिन्छ । करिब १८२४ मिटर (५९८४ फीट) को उचाईमा
अवस्थित उपयुक्त हावापानी तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण पहाडी
बजार उत्तिस, सल्ला र गुराँसको जंगलले ढाकिएको छ । देवी अवस्थित पाथीभरा
डाँडा सदा फुङलिङ्ग बजारको रक्षक बनी पहरा दिई रहेकी छिन् । करिब २
किलोमिटर लामो फुङलिङ्ग बजार पाथीभराको काखमा लम्पसार भएर सुतिरहेको
भान हुन्छ । पाथीभरा देवी मन्दिरको यात्रा र दर्शनका लागि आवश्यक सामाग्रीहरु
यहाँबाट व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
सुविधाहरु : होटल, लज, रेष्टुरेन्ट,
संचार (फोन, फ्याक्स, ईमेल, ईन्टरनेट)
चिनो : छुर्पी, अलैंची, गलैंचा,
ढाका कपडा, जडीबुटी आदि
मुख्य परिकार : तोङवा र सुकुटी
|