प्रथम हिमालयन गाईड पाथिभरा म्याराथोन
Organizer: पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति एवम् हिमालय गाईड्स
Date: १५ फाल्गुन, २०६५

समिति सदस्य नामावली

परिचय

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी. को उचाईमा अवस्थित छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरु पाथीभरालाई "मुक्‍तुवुङ" भनेर चिन्दछन् । लिम्बूभाषामा "मुक्‍तु" को अर्थ शक्ति वा बल, "वुङ" को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरु पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रुपमा प्रकट गर्ने गर्दछन् ।

पाथीभराबाट दृश्यावलोकन गर्न सकिने हिमालहरुः

कञ्चनजंघा (M) (सेवालुङ) ८५८६ मि.

कञ्चनजंघा (C) ८४८२ मि., कुम्भकर्ण (फक्‍ताङलुङ) ७७१० मि.

काङबाचेन ७९०३ मि.

कञ्चनजंघा (S) ८४७६ मि., मकालु ८४६३ मि.

लोत्से ८५१६ मि., नोत्से ७८५५ मि.


© Pathibhara Devi Mandir Kshetra Sanrakshan Tatha Sambardan Samiti
Design and Maintained By Prabin Gautam