पाथीभरा धाममा कसरी जाने
?
पाथीभरा निक्कै उचाईमा (३७९४ मी) रहेकोले यहाँको
तापमान हमेशा शून्य (०) को हाराहारीमा झर्ने गर्दछ । अतः तीर्थयात्री
तथा पर्यटकहरुले लेकलाग्ने विमार (High Altitude Sickness) र (Hypothermia)
बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा,
लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरु साथै लगे झनै वेश
हुन्छ । पाथीभरा यात्राको लागि फाल्गुणदेखि कात्तिक महिनासम्मको अवधि
नितान्तै उपयुक्त हुने कुरा सिफारिश गर्न सकिन्छ ।
जिल्लाको सदरमुकाम फुङ्गलिङ यसरी पुग्न सकिन्छ ।
हवाई मार्ग
काठमाडौं — ताप्लेजुङ (सुकेटार) हप्ताको १ उडान
विराटनगर — ताप्लेजुङ (सुकेटार) हप्ताको ४ उडान
सडक मार्ग (२३७ कि.मी.)
बिर्तामोड — ताप्लेजुङ (फुङ्गलिङ) ईलाम, फिदिम हुँदै
(बस तथा जीपसेवा)
पैदल यात्रा
(धरान, धनकुटा हुँदै) बसन्तपुर गुफापोखरी — ताप्लेजुङ
(फुङ्गलिङ) २ दिन |