| विश्वास आस्था एवं अलौकिक
शक्तिकी देवी
माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्वास
आस्था एवं पवित्रताकी देवी हुन् । त्यसैले पाथीभरा धाममा त्यसरी नै
जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव
छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ
। तर पाथीभरा धाममा गर्भवति (Pregnant), नछुने (पर सरेकी Monthly Course)
भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा
उनीहरुको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ
।
पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि
बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई स्वादिष्ट
फलफूल तथा मिठाईको भोग चढाउँछन् । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको
रुपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरुले देवीलाई
सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो,
आदि पनि (एक किसिमको अनिवार्य रुपमा) चढाउने गर्दछन् ।
|