पाथीभरा देवी मन्दिर क्षेत्र
संरक्षण तथा सम्बर्द्धन समिति
ताप्लेजुङ्ग
विधान – २०५३
प्रस्तावना : –
नेपाल अधिराज्यको सुदुर पूर्वतिर जिल्ला ताप्लेजुङ्गमा अवस्थित धार्मिक तथा पुरात्वतिक महत्वको स्थल पाथीभरा देवीको मन्दिरको संरक्षण सम्बर्द्धन तथा पुन निर्माण गरि देवीको महत्व र प्रसिद्धिलाई व्यापक प्रसार गरी तिर्थ स्थलको रुपमा विकास गर्दै लानु आजको आवश्यकतालाई ध्यानमा राखि प्रत्येक श्रद्धालु भक्तजनको मनोकांक्षा पूर्ण गरी मानवताको कल्याण गर्न दैविक शक्तिका देवी पाथीभरा देवीको मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिको विधान २०५३ तर्जुमा गरी लागु गरिएको छ।
१) संक्षिप्त नाम र प्रारम्भ : –
क. समितिको नाम पाथीभरा देवीको मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति रहने छ।
ख. यस समितिको विधानको नाम पाथीभरा देवीको मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिको विधान २०५३ रहने छ।
ग. यस समितिको मुख्य कार्यलय ताप्लेजुङ्ग जिल्ला स्थित फुङलिङ बजारमा रहने छ।
घ. यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भए पछि तुरुन्त लागु हुने छ।
२) परिभाषा : – विषय वा प्रंसगले अर्का अर्थ नलागेमा।
क. समिति भन्नाले पाथीभरा देवीको मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिलाई जनाउछ।
ख. विधान भन्नाले पाथीभरा देवीको मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको विधान २०५३ लाई जनाउछ।
ग. मन्दिर भन्नाले पाथीभरा देवीको मन्दिरलाई जनाउछ।
३) संस्थाको छाप : –
यस समितिको छापमा पाथीभरा देवीको मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति २०५३ लेखिएको हुने छ।
४) उद्देश्य : – यस समितिको उद्देश्य बेहाय बमोजिम हुने छ।
क. पाथीभरा देवीको मन्दिरमा रहने धार्मिक तथा पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण र सम्बर्द्धन र सुरक्षा साथै रेखदेख गर्ने।
ख. मन्दिरको स्वामितवमा रहेको चल अचल सम्पत्तिको संरक्षण तथा सदुपयोग गर्ने।
ग. मन्दिरको आसपासमा रहेको पार्टी पौवा पुजा स्थलको मरमत साथै सरसफाई गर्ने।
घ. मन्दिरमा जाने बाटो निर्माण तथा मर्मत सम्हार गर्ने।
ङ. मन्दिरमा पुजा अर्चनाको व्यवस्था मिलाउने।
च. मन्दिरको धार्मिक तथा पुरातात्विक वस्तु दैनिक शक्ति बारे प्रचार प्रसार गर्ने।
छ. धार्मिक तथा शैक्षिक क्षेत्रका विकास गर्दै लैजाने।
५) सदस्यता : –
यस समितिमा देहाय बमोजिम सदस्य रहने छ।
क. सम्मानित सदस्य
ख. आजिवन सदस्य
६) सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि : –
क. सम्मानित सदस्यता : – पाथीभरा मन्दिर क्षेत्रको विकासको निमित्त एक मुष्ट रु २५०००।– (पचीस हजार) नगद वा सो बराबरको जिन्सि वा कुनै उपहार दिने श्रदालु भक्तजनलाई यो समितिको निर्णय अनुसार सम्मानित सदस्यता प्रदान गर्ने।
ख. आजिवन सदस्यता शुल्क रु ३०१।–(तिन सय एक) दिई आजिवन सदस्यता प्रदान गर्ने।
ग. आजिवन सदस्यता कुनै पनि बेला दिन सकिने छ।
७) सदस्यको योग्यता : –
कुनै पनि जाती धर्म वा वर्ग संग सम्बन्धित भए पनि दैवीक शक्तिमा विश्वास राख्ने तथा पाथीभरा देवीको पुजा गर्न श्रदालु भक्तजन।
८) साधारण सभा(गठन विधि)ः–
क. आजिवन तथा सम्मानित सदस्यको भेलालाई साधारण सभा मानिने छ।
ख. साधारण सभाको बैठक वर्षमा १ पल्ट बस्ने छ।
ग. साधारण सभाको गणपुरक सदस्य सम्पूर्ण सदस्यको कम्तिमा ५०।– हुनु पर्ने छ।
घ. पहिलो पटक गणपुरक संख्या नपुगेमा दास्रोपटक कार्य समितिको संख्या नै गणपुरक संख्या हुने छ।
९) साधारण सभाको काम कर्तव्य र अधिकार : –
क. साधारण सभाले कार्य समिति गठन गर्ने छ।
ख. मन्दिर क्षेत्रको उद्देश्य अनुरुप योजना बनाई कार्य समितिलाई योजना बद्ध रुपले संचालन गर्न निर्देशन दिने।
ग. कार्य समितिको कामलाई मूल्याकंन गरी सल्लाह र सुझाव दिने।
घ. समितिबाट प्रस्तुत भएको योजनाहरुको अनुमोदन गर्ने।
ङ. लेखा परिक्षण प्रतिवेदनलाई स्वीकृत गरी अनुमोदन गर्ने।
१०) कार्य समितिको गठन विधि : –
क. साधारण सभाको अधिवेशनमा पारित निर्णय अनुसार कार्य समिति गठन गर्ने।
ख. निर्वाचित गर्नु पर्ने स्थिति आएमा अधिवेशनमा साधारण सभाको निर्णय अनुसार गर्ने।
ग. कार्य सतितिको पदाअवधि ४ वर्ष हुने छ।
११) कार्य समितिको बैठक : –
क. कार्य समितिको बैठक विशेष परिस्थिती बाहेक २ महिनामा एक पल्ट बस्ने छ।
ख. कार्य समितिको बैठकमा संरक्षण समितिका सदस्यहरुको अनिवार्य उपस्ििथती गराउनु पर्नेछ।
१२) कार्य समितिका पदाधिकारीहरु : –
यस समितिमा देहाय बमोजिम पदाधिकारीहरु रहने छन्
क. अध्यक्ष––––––––––––––– १ जना
ख. उपाध्यक्ष–––––––––––––– १ जना
ग. सचिव–––––––––––––––– १ जना
घ. कोषाध्यक्ष––––––––––––– १ जना
ङ. सह–सचिव–––––––––––– १ जना
च. सदस्य–––––––––––––––– ६ जना
१३) कार्य समितिको काम कर्तव्य र अधिकार : –
क. यस समितिको विधानमा उल्लेृखित उद्देश्य प्राप्त गर्न योजना कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्न सार्थै यस कार्यको लागि चाहिने आवश्यक रकमको लागी आर्थिक स्रोत जुटाउने।
ख. वर्षमा कम्तिमा २ पल्ट कार्य समितिको पदाधिकारी समेत रहेको टोली मन्दिर पठाई मन्दिरको निरिक्षण, रेखदेख, सरसफाई तथा वस्तु स्थिती अवलोकन गरी गराई सो को प्रतिवेदन साधारण सभामा पेश गर्ने।
१४) अध्यक्षको काम कर्तव्य र अधिकार : –
क. साधारण सभा तथा कार्य समितिको बैठक अध्यक्षता गर्ने।
ख. समितिको प्रतिनिधित्व गर्ने।
ग. मन्दिरको रेखदेख पुजा अर्चना गर्न पुजारीलाई निवेदन दिने।
घ. कार्य समितिको निर्णयलाई कार्यन्वयन गर्ने गराउने।
ङ. यस समिति अन्तर्गत रहने कर्मचारी तथा सहायकहरुलाई निर्देशन तथा नियन्त्रण गर्ने।
१५) उपाध्यक्षको काम कर्तव्य र अधिकार : –
अध्यक्षको अनुपस्थतिमा अध्यक्षले गर्नु पर्ने सम्पूर्ण कार्यभार जिम्मेवारी लिने।
१६) सचिवको काम कर्तव्य र अधिकार : –
क. समितिको सम्पूर्ण कागजातहरु सचिवको जिम्मा रहने छ।
ख. अध्यक्षको नियन्त्रणमा साधारण सभा तथा कार्य समितिको बैठकबाट पारित निर्णयहरुको कार्यन्वयन गर्ने जिम्मेवारी समितिको सचिवको रहने छ।
ग. अध्यक्षको आदेह अनुसार बैठक बोलाउने संचालन गर्ने निर्णयको अभिलेख राख्ने।
१७) कोषाध्यक्षका काम कर्तव्य र अधिकार : –
क. समितिको आय व्यव विवरण राख्ने।
ख. आर्थिक दाहित्वको जिममेवारी लिने।
१८) उप सचिवको काम कर्तव्य र अधिकार : –
सचिवको अनुपस्थितीमा सचिवले गर्नु पर्ने सम्पूर्ण कार्यभार जिम्मेवारी लिने।
१९) संरक्षण समिति : – देहाय बमोजिमका व्यक्तिहरु संरक्षण समिति रहने छ।
क. जिल्ला विकास सभापति–––––––––––––––––– पदेन
ख. प्रमुख जिल्ला अधिकारी––––––––––––––––––– पदेन
ग. प्रहरी नायव उपरिक्षक–––––––––––––––––––– पदेन
घ. धार्मिक महत्वका व्यक्तिहरुबाट–––––––––––– २ जना
२०) संरक्षण समितिको नाम : –
क. कार्य समितिको योजना कार्यक्रम हेरी आवश्यक निर्देशन दिने।
ख. कार्य समितिले सहयोग मागेमा यथासक्दो सहयोग गर्ने।
२१) समितिको आय श्रोत : –
देहाय बमोजिम प्राप्त रकम समितिको आय श्रोत रहने छ।
क. श्रदालु भक्तजनबाट देवीथानमा चढाईएको भेटी तथा दानबाट प्राप्त रकम।
ख. दानाहरु वात प्राप्त दान रकम।
ग. श्री ५ को सरकार वा अन्य कुनै सघं सस्थाबाट प्राप्त रकम।
घ. सम्मानित र आजिवन सदस्य शुल्कबाट प्राप्त रकम।
ङ. अन्य विविध श्रोतबाट प्राप्त रकम।
२२) चल अचल सम्पत्तिको विवरण : –
क. दफा २२ को (ख) (ग) (घ) र (ङ) बाट प्राप्त रकमलाई यस समितिको चल सम्पत्ति मानिने छ।
ख. यो विधान लागु भए पछि मन्दिरको स्वामित्वमा रहेको सम्पूर्ण चल अचल सम्पत्ति अर्न्तगत रहने छ।
ग. यस समितिबाट खरिद तथा निर्माण गरिएकेा जग्गा घर समितिको अचल सम्पत्ति हुनेछ।
२३) कोष : –
यस समितिको कोष ने.बै.लि. ताप्लेजुङ्गमा एम वचत खाता खोली समितिको अध्यक्ष र कोषाध्यक्षकेा संयुक्त हसताक्षरबाट संचालन गरिने छ।
२४) विधान संशोधन : –
क. विधान बमोजिम अर्काे कार्य समिति गठन नभए सम्म मौजुदा कार्य समिति यसै विधान अन्तर्गत मानिनेछ।
ख. विधान संशोधन गर्न प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृत लिई साधारण सभामा पेश गरी दुई तिहाई सदस्यको बहुमतले विधान संशोधन गर्न सकिने छ।
ग. यो संशोधित विधान कार्यान्वयन भए पछि बैधानिक कार्य समिति गठन नभएसम्म पूर्व विधान अनुरुप गठित समितिलाई यसै विधान अनुरप बनेको मानिनेछ।
घ. साविक विधान श्री पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्बर्द्धन समिति ताप्लृेजुङ्ग भएकोमा उप्रान्त पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति ताप्लेजुङ्ग रहने छ।
ङ. यस विधानको कुनै पनि दफा प्रचलित कानुन सम्वत वा जिन गए सो दफा स्वत खारेज हुने छ।
२५) संक्रमण कालिन अवस्था : –
क. यस संस्थाले विधान बमोजिम कार्य संचालन गर्न नसके वा अरु कुनै कारणबाट अस्तिवमा रहन नसकेमा यस संस्थाको सम्पूर्र्ण जाय जेथा श्री ५ को सरकारकै स्वामित्वमा रहने छ।